दमक/प्याप्सनको २७ औ बार्षिकोत्सवको अवसरमा झापा प्याप्सनले आइतवार झापाको दमक३ स्थित अक्सफोर्ड बिद्यालयमा भब्य रुपमा सास्कृतिक कार्यक्रमको उद्घाटन गरेको छ ।
यसभन्दा अगाडि बिभिन्न क्षेत्रिय स्तरमा भएका गायन तथा नृत्य प्रतियोगितामा उत्कृष्ठ भएकाहरुलाइ सहभागि गराउदै नृत्य तथा गायन प्रतियोगिता सहितको सास्कृतिक कार्यक्रमको उद्घाटन गरिएको हो ।
भब्य समारोहबीच भएको कार्यक्रमको उद्घाटन शिक्षा मन्त्रालयका सह सचिब डा.लेखनाथ पौड्यालले गरेका थिए भने जिल्लाभरका शिक्षासंग सरोकार राख्ने बिशिष्ठ ब्याक्तिहरुको सहभागिता रहेको छ । प्याप्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलका अनुसार आइतवार र सोमबार गरेर दूइदिनसम्म कार्यक्रम चल्ने छ ।
क्षेत्रिय स्तरमा भएका कार्यक्रममा गायन र नृत्यमा बिजेताहरु बीचको प्रतिस्पर्धा चलिरहेको छ । बिभिन्न ५ वटा बिधामा प्याप्सन दिवसको अवसरमा कार्यक्रमहरु भइरहेकाछन् । गायन तर्फ जुनियर र सिनियरबीच बेग्लाबेग्लै प्रतियोगिता रहेको छ । यसैगरी नृत्यतर्फ ३ वटा तहका २४ वटा नृत्यहरुले प्रतिस्पर्धा गर्दैछन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौड्यालले नीजि बिद्यालयहरुले शैक्षिक गुणस्तर बृद्धिसंगै सास्कृति परम्परा जोगाउन लागि उल्लेख्य भूमिका रहेको पाएको भन्दै खुसि प्रकट गरेका थिए ।
उनले कार्यक्रममा प्रस्तुत भएका सन्थाल, थारु लगायतका सास्कृतिक नाँचहरु हेरेपछि प्याप्सनले परम्परागत नृत्य एवं भेषभुषा संरक्षण गर्न भूमिका खेलेको भन्दै शुभकामना पनि दिएका थिए ।










