एमाले अध्यक्ष नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णयक छलफल जारी रहेको छ ।

अघिल्लो साता शुक्रबार ओली र प्रचण्डबीच पछिल्लो पटक भेटवार्ता भएको थियो । त्ययता उनीहरुबीच भेटघाट हुन सकिरहेको थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजै चितवनबाट काठमाडौं आएका माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको स्रोतले जनाएको छ । बैठकमा पार्टी एकता, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भइरहेको छ ।

एकता प्रक्रिया टुंग्याउन भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने स्रोतले जनाएको छ । भोलि नै एमाले स्थायी कमिटीको पनि बैठक बस्दै छ । एभरेष्ट दैनिक बाट