दाङको लमही नगरपालिकाका दुई जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाको नक्सा फाँटमा कार्यरत् सव–ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोग, कोहलपुरको टोलीले सुराकीको आधारमा नक्सा पास गरिदिनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

कार्यालय अगाडि रहेको होटलमा लेनदेन गरिरहेका वेला उनीहरुलाई पक्राउ गरिएको अख्तियार कोहलपुरका शाखा अधिकृत एवं कार्यालय नारायण दत्त उपाध्यायले बताए ।