दमक/झापाको कमल गाँउपालिका ६ साविक लखनपुर ५ गेउरीयाको हिमाली इङंगलिस बोर्डिङ स्कूल हरेक आन्तरिक कृयाकलाप तथा प्रतियोगिताहरुमा अब्बल देखिन थालेको छ ।

यसैक्रममा आइतवार २७ औ प्याप्सन दिवसको अवसरमा भएको जिल्ला स्तरिय सास्कृतिक नाँच प्रतियोगितामा उत्कृष्ठ बनेको छ । आठवटा नृत्यहरुलाइ पछि पार्दै हिमाली पहिलो बनेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्याप्सनले जिल्लाका बिभिन्न आठवटा क्षेत्रमा प्रतियोगिता गरेर उत्कृष्ठ बनेर आएका नृत्यहरुले सहभागिता जनाएका थिए । सबैलाइ पछि पार्दै हिमाली बिजेता बनेको हो ।

बिद्यालयका संस्थापक जिबन सापकोटाका अनुसार बिद्यार्थीहरुले उत्कृष्ठ परम्परागत नृत्य देखाएको जनाउदै खुसि प्रकट गरे । यस प्रतियोगितालाइ प्याप्सनले महत्वका साथ लिदै आएको छ ।