नेकपा एमालेकाे स्थायी कमिटीकाे बैठक साेमबार दिउसाे दुर्इ बजे बस्ने भएकाे छ। एमाले सचिव एवम् प्रचार प्रसार विभाग प्रमुख याेगेश भट्टरार्इका अनुसार अध्यक्ष केपी शर्मा अाेलीकाे बालकाेटस्थित निवासमा बैठक बस्ने छ।
एमाले अध्यक्ष अाेली र माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अाइतबार पार्टी एकता तथा सरकार गठनका विषयमा छलफल भएकाे थियाे। छलफलपछि मंगलबार बस्ने पार्टी एकता संयाेजन समितिकाे बैठकका लागि अान्तरिक तयारी गर्न एमाले स्थायी समिति बैठक साेमबार बस्न लागेकाे हाे।
सचिव भट्टरार्इले नयाँ सरकार गठन, नेकपा माअाेवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल हुने जनाउँदै शुभदिनसँग भने – 'राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने छ।'
शुभदिन बाट सभार









