उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ । सोमबार उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउस्थित मुख्यमन्त्री आवासमा शाह र योगीबीच भेट भएको हो ।

मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार नेपालगञ्जबाट लखनउ गएका थिए । उनी उत्तर प्रदेश प्रहरीको स्र्कटिङमा लखनउ गएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजासँगको भेटलाई योगी आदित्यनाथले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।