काठमाडौं– चुरोटबाट सल्किएको आगोले काठमाडौंमा आइतबार एक जनाको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बिहानी बस्ती बस्ने धनबहादुर गुरुङको घरमा पाहुना आएकी गोर्खाको गण्डकी गाउँपालिका घर भएकी ६० वर्षीया चम्पा गुरुङ मृत्यु भएको हो।

सुतेको कोठामा आइतबार राति आगलागी हुँदा चम्पाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुत्ने बेला उनले चुराट खाएर चुरोटको ठुटो कोठामा फ्यालेकी थिइन्। त्यही ठुटोबाट आगो लागेको प्रहरीले जनाएको छ।