नेकपा एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल बनाउने निर्णय गरेको छ । बाह्खरीले लेखेको छ ।

मंगलबार बस्ने पार्टी एकता संयोजन समितिले माओवादी र एमालेका तर्फबाट नेताहरु सम्मिलित गराइ कार्यदल बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

यसअघि आइतबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सोमबार आन्तरिक तयारी गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो ।

बैठकले सरकार निर्माणमा देखिएको विलम्वप्रति दुख व्यक्त गर्दै प्रक्रिया छिटो अघि बढाउन सरकारसँग माग गरेको छ ।

त्यसैगरी निर्वाचन आयोगले अहिलेसम्म परिणाम सार्वजनिक नगर्नु दुखद भएको बताउँदै जनमतको तिरस्कृत गरेको पनि एमालेको धारणा रहेको सचिव भट्टराईले जानकारी दिए ।

एमाले बैठकले तराईमा शितलहरले जनजिवन प्रभावित भए पनि सरकारले कार्यकर्तालाई मात्रै रकम वितरण गरेको भन्दै शितलहर प्रभावितलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ ।