विष्णुप्रसाद पोखरेल
दमक/प्रधानन्याधिशको बर्खास्तिको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीलाइ प्रहरीले भर्खरै पक्राउ गरेको छ । एसपि रामदत्त जोशीको नेतृत्वको टोलीलाइ अहिले बेलुका ८ बजेर ४० मिनेटमा नियण्त्रणमा लिएको हो ।
पक्राउ गर्न गएका प्रहरी र अनसनमा बसेका केसीबीच निक्कै बेर कुराकानी समेत भएको थियो । डा. केसीले प्रहरीलाइ सफामा बस्न आग्रह गर्दै आफू भागेर नजाने बताएका थिए ।
एसपी जोशीले प्रहरी परिसरमा लैजान लागिएको बताएका थिए । केसीले आफूलाइ कहि लगिदै भनेर सोधेपछि केसीलाइ प्रहरी परिसर लैजाने भन्दै जवाफ दिएका थिए ।
केसीले पक्राउ पूर्जि थाम्न मानेका थिएनन् । उनले पढेर सुनाउन आग्रह गरेपछि प्रहरीले पढेर सुनाएको थियो । त्यसपछि प्रहरीले केसीलाइ पक्राउ गरेको हो ।










