काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई विनाजानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले केसी पक्राउ परेको कुरा समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नुपर्ने कारण थिएन ।’ अाजकाे नयाँ पत्रिकामा खबर छ ।