दमक/झापाको दमकमा आउदो पुस २७ गतेदेखि लाग्ने दमक महोत्सवको तयारीको क्रममा दमक बेहुली झै सिगारिएको छ । दमकको मुख्य चोक बेहुली झै सिगारिएको हो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ भने स्वत स्फूर्त रुपमा महोत्सवलाइ सफल बनाउन नगरबासीहरु लागेकाछन् ।
सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको ढकालले जानकारी दिए । उनले महोत्सव संघमा मात्र नभएर सबै दमकबासीको भएकाले सबैलाइ सफल बनाउन सहयोग गर्न आग्रह गरे ।
महोत्सव उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने निश्चित भएको छ । महोत्सवको उद्घाटन हुनु अघि सास्कृतिक झाँकीहरु समेत हुनेछन् भने आकाशबाट पुष्प बृष्टि गराइने छ ।










