दमक/न्यू संगम इन्टरप्राइजेज दमकले बजाजका नयाँ मोटरसाइकलहरु किन्दा हेलिकप्टर सवारको टिकट उपलब्ध गराउने भएको छ । क्याँस भुक्तानी गरेर मोटरसाइकल किन्नेले यो सुविधा पाउनेछन् ।

प्रोपाइटर विमल शर्माका अनुसार यो सुबिधा महोत्सव अवधिभर दिइने छ । महोत्सव मूल समितिका संयोजक राजन दंगालका अनुसार यो महोत्सव सफल बनाउनका लागि गरिएको यो राम्रो प्रयास हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्य ब्यापारी तथा ब्यवसायीलाइ पनि यस प्रकारको सुविधा ल्याउन आग्रह गरिएको छ । होटल ब्यवसायी संघले महोत्सव अवधिभर दमकमा होटलमा बस्ने पाहुनालाइ १५ प्रतिशत छुट दिइनेछ ।