काठमाडोँ, २५ पुस । सर्वोच्च अदालतमा बयानका क्रममा डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा राखिएको छ ।

डा. केसीले केही असहज महसुस गरेपछि उनलाई एम्बुलेन्समा राखेर सर्वोच्च पछाडिको खाली स्थानमा आराम गराइएको छ । सर्वोच्चमा लैजानसाथ उनलाई मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. केसीलाई बयान लिएपछि अवहेलना मुद्दामा सुनुवाइ सुरु हुने बताइएको छ । यद्यपि पेसी सूचीमा चढाइएको छैन् । बयानपछि मंगलबार नै पूरक सूची सार्वजनिक हुने वा अर्को दिन सुनुवाई हुनेछ ।