एमाले माओवादी केन्द्र एकताको खाका निर्माणमा सहमति खोज्न बसेको समायोजन समितिको बैठक अहिले ओली निवास बालकोटमा जारी छ । स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पहिले पार्टी एकताको ठोस पहल गर्ने दुई पार्टी अध्यक्षबीचको पूर्व सहमतिअनुसार एकता प्रक्रियालाई सार्थक रुप दिन आज बसेको बैठक पहिलो औपचारीक बैठक पनि हो ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओली सहित झलनाथ खनाल, बामदेव गौतम, माधव नेपाल, ईश्वर पोखरेल र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल,नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘वादल’ सहभागी छन्। बैठकमा एकीकृत पार्टीका अध्यक्ष र सरकार प्रमुख छनौट, सत्ता साझेदारीका सर्त, एकिकृत पार्टीका सिद्धान्त र संरचना लगायतका एजेण्डामा छलपफल सुरु भएको छ । अध्यक्षद्धयबीच तय भएअनुसार मंगलबार संमायोजन समितिको बैठक बस्ने निर्णय भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन लगत्तै पार्टी एकतालाई मुर्त रुप दिने उद्घोष गरेका दुई दलबीच देखिएका केही अन्र्तबिरोधका कारण पार्टी एकता संयोजन समितिको बैठकसमेत बस्न सकेको थिएन । वाम एकताका क्रममा केपी ओली प्रधानमन्त्री भएमा एकीकृत पार्टीको अध्यक्ष दाहाल हुनुपर्ने माओवादी केन्द्रले अडान लिदैं आएको छ भने यसमा एमाले अध्यक्ष नरम देखिएपनि एमालेका दोस्रो तहका नेताहरु भने ओली प्रचण्ड सयुंक्त नेतृत्वको व्यवस्था गनुपर्ने धारणा राख्दै आएका छन । अझै एमालेका केही नेताहरु त पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै एमालेकै हुनुपर्ने समेत बताउने गरेका छन । आजको बैठकमा माओवादी केन्द्रको पूर्ववत अडान कायमै रहेपनि एमाले केही लचक हुने अनुमान छ ।