कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले मंगलबार दिउँसो शर्मालाई पार्टी प्रवक्ताको पत्र दिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
गगन थापालाई प्रवक्ता बनाउन काँग्रेस नेता कृष्ण प्रसाद सिटौला लगायतको लबिङ भएपनि यसको वेवास्ता गदैं देउवाले शर्मालाई प्रवक्ता बनाएको पत्र थमाएका हुन । कांग्रेसका चर्चित युवा नेता शर्मा प्रतिनिधिसभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका हुन् ।










