सहबान अन्सारी / नवलपरासीको सुस्ता गाउँ पालिका १ बरुवामा बाख्रा बितरण कार्यक्रम अाज सम्पन्न भएको छ। बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा बिपन्न बर्गका लागि उन्नत जातकाे बाख्रा कितरण कार्यक्रम गरिएको हाे।
शिवपति देबि मल्लाहकाे अध्यक्षतामा तथा बिकल्पकाे महासचिव राजकुमार मुडभरीकाे प्रमुख अातिथ्यता रहेको थियो ! कार्यक्रममा बाेल्दै बिकल्पकाे महासचिव मुडभरीले बिपन्न बर्गकाे जिवनस्तर सरल बनाउनकाे लागि याे उन्नत जातकाे बाख्रा बितरण गरिएको बताउनु भयो ! बाख्रा बितरण एकीकृत दिगाे जिबिकाे पार्जन कार्यक्रम अन्तर्गत दलित , असहाय,अतिबिपन्न लक्षित बर्गलाई समेटेकाे छ। खासगरी असहाय अशक्त र अति बिपन्न समुदायलाई बिगतका दिनदेखि नै यस्ता कार्यक्रम बिकल्पले गर्दै अाईरहेकाे छ । तसर्थ समुदायको समस्या अाफ्नाे समस्या मानि हामी उक्त समस्या समाधान तिर लागि रहेका छाैँ भन्ने कुरामा जाेड दिनु भएको थियोे ।
बाख्रा बितरण कार्यक्रममा सुस्ता गाउँ पालिका र बर्दघाट नगरपालिका गरि करिब १० जना बिपन्न महिलाहरुलाई उन्नत जातकाे बाख्रा बितरण गरिएको हाे। कार्यक्रममा बिकल्पका महासचिव राजकुमार मुडभरी, पशु प्राबिधिक गगन सिंह राना ,स्वास्थ्य परिचालिका कमला फुल्देल,उमेश बि.क र पत्रकार देशबन्दु यादव लगाएतकाे सहभागिता रहेकाे थियोे ।










