अदालतको अपहेलना मुद्धामा पक्राउ परेर बयानका लागि सर्वोच्चमा उपस्थित गराइएका डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि नै गम्भीर प्रहार गरेको छन् । उनले आफूले अदालतको अपहेलना नगरेको दावी गर्दै प्रधानन्यायाधीश पराजुलीले नै कानुनको उल्लंघन गरेको भन्दै लिखित रुपमै १० आरोप लगाएका छन् ।

हेर्नुस् पराजुलीमाथि केसीका १० आरोपः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानन्यायाधीश गोपाल पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको, सच्चाएर उमेर बढाएको, उक्त कार्य न्याय बेचबिखन गर्नु सरह भएको,

पराजुलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई गलत कानुनी आधारमा सफाइ दिएपछि उनका नातेदार भानिजलाई अख्तियारको कानुनी सल्लाहकार बनाएर पदको दुरुपयोग गरेको ,

एसएलसी पास गरे/नगरेको अन्योल रहेकोले पराजुलीको शैक्षिक प्रमाणपत्र जाँचबुझ गर्नु पर्ने ।

उक्त कुरा न्यायपरिषद् र संवैधानिक परिषद्ले छानविन गरेको कुरा सार्वजनिक गर्नु पर्ने,

भू–माफियाको हित हुने गरी जगदिश आचार्यको मुद्धामा एकतर्फी आदेश दिएर न्याय बेचेको,

क्यासिनो चलाएबापत् होटलले रोयल्टी तिर्न नपर्ने गरी फैसला गरी राज्यलाई राजश्व प्राप्त गर्नबाट बञ्चित गराएको, राजश्व अनुसन्धान विभागका महानिर्देशक चुडामणि शर्मा, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र एनसेलको मुद्धाले भ्रष्टाचारीलाई प्रश्रय दिनुका साथै राज्यलाई ६० अर्ब रुपैयाँ बराबरको राजश्व तिर्न नपर्ने अवस्था सिर्जना गराएको,

आफ्ना भान्जाज्वाई नहकुल सुवेदीलाई ६/७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएको,

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको राती १०ः३० बजे आफैलाई प्रधानन्यायाधीशको रुपमा पद बहाली गरेको,

जताजता गोपाल पराजुली उतैउतै मेडिकल कलेजका मुद्धा शिर्षका कान्तिपुर दैनिकले लेखेको समाचार उपर उक्त पत्रिका माथि लगाइएको अपहेलना मुद्धामा पत्रिकाले सफाई पाइको र त्यसको अर्थ उक्त समाचार न्यायीक रुपमै पुष्टि भएको ।

डा. केसीले आफूमाथिका आरोप निराधार रहेको दावी गर्दै आफूले लगाएका आरोपमाथि प्रधानन्यायाधीश बाहेकका अन्य न्यायाधीशहरुको इजलासबाट मुद्धाको सुनुवाई गर्न पनि आग्रह गरेका छन् ।