प्रधानन्याधिशको बर्खास्तीको माग गर्दै अनसनमा बसेका डा. गोबिन्द केसीको अनसनमा समर्थन र प्रहरीले पक्राउ गरेको प्रति आपत्ती जनाउदै दमकका युवाहरु पनि सडकमा आउने भएकाछन् ।

बुधबार दिउसो २ बजेर ३० मिनेटरमा दमक चोकको आकाशेपूलमा भेला भएर केसीको पक्षमा एक्यबद्धता प्रर्दशन गर्ने कार्यक्रम रहेको दमक जेसिजका निवर्तमान अध्यक्ष गोजिन्दराज कट्टेलले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सचेत युवाहरु स्वतस्फूर्त रुपमा आउने बताईएको छ । झापाको बिर्तामोड लगायतका क्षेत्रमा पनि केसीको समर्थनमा एक्यबद्धताका लागि युवाहरु सडकमा आउन थालेकाछन् ।