नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज बैंकक जाँदै छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि ओली १२ बजे थाइल्याण्ड जान लागेका हुन् ।
केही समय अघि नै फलोअपमामा जान पर्ने भएपनि चुनाव, पार्टी एकता लगायतका कारण ओली उपचारका लागि जान सकेका थिएनन् । तर,एक साता अघि उनको स्वास्थ्यमा समस्या आएसँगै उपचारका लागि ओली बैंकक जान लागेका हुन् ।
मृगौला प्रत्यारोपण गरेसँगै ओली नियमित रुपमा उपचारका लागि बैंकक जाने गरेका छन् ।
ओली बैंकक जाने भएपछि कार्यदललाई निर्देशन दिन आवश्यक छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष ओली निवास पुगेका छन् ।
अोली माघ २ गते स्वदेश फर्कने छन् ।










