युवतीहरुलाई यौन क्रियाकलापका संलग्न गराउँदै आएका झापाका एक होटल सञ्चालनकलाई प्रहरीले पक्राउ गरेको छ।

झापाको अर्जुनधारा नगरपालिका–११ मा रहेको ए वान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही शुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

उनले तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र युवतीहरुले कमाएको चार लाख रपैयाँ समेत नदिएको पाइएको प्रहरीको भनाई छ। युवतीहरुले दिएको जानकारीको आधारमा प्रहरीले सिटौलालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सिटौलाले युवतीहरुलाई भाडाको कोठामा दिनभरी राख्ने र रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौन सम्पर्कको लागि लैजाने गरेका थिए। त्यसबापतको पैसा समेत सिटौलाले नदिएपछि युवतीहरुले प्रहरीलाई खबर गरेका हुन्।