नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार थाईल्याण्डको बैंकक जाँदैछन् । थाई एयरको जहाजबाट मध्यान्न साढे १२ बजे ओली त्यसतर्फ जान लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । भ्रमण टोलीमा ओली संगै श्रीमती राधिका शाक्य, निजी सचिव राजेश महर्जन, निजी चिकित्सक डा विद्या सिंह र डा. यादव भट्ट बैंकक जान लागेका हुन् ।
नियमित स्वास्थ्य परिक्षण पछि ओली २ गते नेपाल फर्कने बताईएको छ । मिर्गौला प्रत्यारोपणपछि नियमित रुपमा स्वास्थ्य परिक्षण गराईरहेका ओली निर्वाचनका कारण यस पटक ढिलागरि बैंकक जान लागेका हुन् ।
एक साता लामो बैंकक बसाईका क्रममा ओलीले स्वस्थ्य परिक्षणका अलवा छिमेकी भारतका बरिष्ठ कुटनीतिक व्यक्तिहरुसँग भेटवार्ता गर्ने तयारी पनि गरेको श्रोतको दावी छ ।










