दमक/डा गोविन्द केसीलाई अदालतको अपहेलना मुद्दामा प्रहरीले पक्राउ गरेपछि बिरोध चुलिएको छ । डा. केसीलाइ तत्काल रिहा गर्न र उनले सारेका माग पुरा गर्न दबाब दिने उदेश्यले दमकमा पनि युवाहरु सडकमा आएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनिहरुले दमकको मुख्य चोकमा भेला भएर डा. केसीको पक्राउको बिरोध जनाउदै तत्काल रिहा गर्न माग गरे । स्वतस्फूर्त रुपमा युवाहरु सडकमा आएका थिए । आफूहरुलाइ पनि पक्राउ गर्न माग गर्दै साङ्लोमा बाधिएर बिरोध जनाईएको थियो ।