दमक/झापाको दमकमा रहेको पाथिभरा नेत्रालयको स्तरउन्नती गरिने भएको छ । मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा आँखा अस्पताल दूइ बर्षअघि देखि पुन सञ्चालनमा ल्याईएको छ ।
मेची आँखा अस्पताल सञ्चालक समिति अध्यक्ष दिनेश मित्तल, उपाध्यक्ष, जलकुमार गुरुङ, मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशी, प्रशासकिय अधिकृत सुरज रौनियार सहितको टोली आएर पाथिभरा नेत्रालयको अवस्थाबारे जानकारी लिएको नेत्रालयका अध्यक्ष अजय अग्रवालले बताएकाछन् ।
आउदो महिनादेखि प्रत्येक महिनाको एकदिन बिशेषज्ञ सेवा समेत प्रदान गर्ने र फागुणमा आँखा शिबिर गर्ने प्रतिबद्धता जनाएको अग्रवालले बताए । दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, वडा नं. १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी लगायतको पनि सहभागिता रहेको थियो । उनिहरुले सडक पीच गर्ने, नेत्रालयको घेराबारा लगायतको बिषयमा चासो पनि दिएको जनाईएको छ ।










