काठमाडौं– पृथ्वीजयन्तीको अवसर सरकारले सार्वजनिक बिदा दिने निर्णय विवादमा परेको छ। नेपाल आदिवासी जनजाति महासंघले बिदा फिर्ता लिन माग गरेको छ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार बिज्ञप्ती जारी गरी आम जनताको चाहनाविपरीत एकल जाती र धर्मलाई प्रश्रय दिन खोजेको आरोप लगाइएको छ। गणतान्त्रिक सरकारले राजाको जन्मजयन्तीमा बिदा दिनु गलत भएको महासंघको भनाई छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले राष्ट्रिय एकताका प्रतिकका रुपमा सम्मान गरी पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसर बिदा दिने निर्णय गरेको हो। गत वर्ष पनि पुस २७ गते बिदा दिने÷नदिने विषय विवादमा परेको थियो। तर, सरकारले बिदा दिएको थिएन।