दमक /झापाको गौरीगञ्जमा लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले निशुल्क औषधी सहितको बृहत स्वास्थ्य शिविर गरेको छ ।

गौरीगञ्ज गाँउपालिकाले समन्वय गरेको शिबिरमा गौरादह नगरपालिका र गौरीगञ्ज गाँउपालिका भित्रका ९ सय ५० जनाभन्दा बढिले स्वास्थ्य जाँच सहितको उपचार र औषधि पाएको क्वलका अध्यक्ष रुद्र गौतमले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा जेनेरल फिजिसियन , नाक कान घाँटी , आँखा , स्त्री रोग , हाड जोर्नी नसा , बाल रोग , मुटु रोग , चर्मरोग , दाँत , मानसिक रोग , न्यूरो सरजरि , रगत जाँच , भिडियो एक्सेरे, मुटुको इको , इसिजी , सम्बन्धि सेवा निशुल्क प्रदान गरिएको गौतमले जनाए।

बिभिन्न संधसंस्थाहरुको सहयोगमा करीब ५ लाख रुपैयाँ बराबरको निशुल्क औषधी वितरण गरिएको कार्यक्रम संयोजक बुद्धिशेखर भट्टराइ र मनोज अग्रवालले बताए । सर्जिडग, पंञ्चमूखि फर्मा, महाविर फार्मेसी, एमटेक्स मेडी, भट्टराइ कुल प्रतिष्ठान, कोलगेट पारमोलीड, कस्मिक पार्टी प्यालेस, दाहाल फार्मेसी,गणेश ज्वेलरी, गौरीगन्ज हाइस्कूल, झापा मेडिको लगायतले स्वास्थ्य शिविरमा सहयोग पुर्याएको कार्यक्रम संयोजक मनोज अग्रवालले बताए ।

सोहि अवसरमा कोलगेट कम्पनीले सबैलाई टुथ पेष्ट र ब्रस पनि निशुल्क प्रदान गरेको थियो ।  गौरीगञ्ज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । क्लबका जोन चियर पर्सन रामचन्द्र बरालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख यज्ञ प्रसाद आचार्य , गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा लगायतले बोलेका थिए। लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टका द्धितीय उपाध्यक्ष रमेश अधिकारीले सञ्चालन गरेका थिए ।

भारतसंग सिमा जोडिएको अल्पसंख्यक बिपन्न समुदाय रहेको ग्रामिण क्षेत्रमा लायन्सले यति ठूलो स्वास्थ्य शिबिर पहिलो पटक गरेको भन्दै कार्यक्रममा सहभागिहरुले प्रशंशा गरेका थिए । क्लव अध्यक्ष गौतमले यति ठूलो र बृहत स्वास्थ्य शिबिर सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार पनि प्रकट गर्दै धन्यवाद दिएकाछन् ।