काठमाण्डौं । नेकपा एमालेका नेता विजय लोहियाले नेपाली कांग्रेसलाई तत्काल सरकार छोड्न आग्रह गरेका छन । छलफल डटकमसँग कुरा गर्दै नेता लोहियाले कांग्रेस जति सरकार लम्ब्याउन खोज्छ उति उसलाई राजनीतिक घाटा लाग्ने बताए । नेता लोहियाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब कुनै पनि हालतमा वाम गठबन्धनको सरकार बन्ने पनि दाबी गरे ।
वाम गठबन्धनको सरकार बन्दैमा उद्योगी व्यवसायीलाई कुनै समस्या नहुने स्पष्ट पार्दे नेता लोहियाले भने ओली नेतृत्वको वाम सरकारले नीजि क्षेत्रसँगको सहकार्यमा आर्थिक संवृद्धिको एजेण्डालाई तिव्रता दिनेछ । चीन र रसियाको उदाहरण दिँदै लोहियाले भने विश्वका कम्युनिष्टहरुको मुल मुद्धा नै आर्थिक संवृद्धि भएको बताए ।
स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन गर्दै पर्यटन, उर्जा, खजिन र कृषिमा वाम सरकारले विशेष महत्व दिने पनि उनको भनाई थियो । वाम सरकारको आर्थिक संवृद्धिको एजेण्डाले पुर्णता पाए विदेशमा रहेका लाखौ नेपाली समेत स्वदेश फर्किने उनले जिकिर गरे । स्वदेशी लगानीलाई प्रोत्साहन र वैदेशिक लगानी मैत्री वातावरण बनाईने नेता लोहियाको भनाई छ ।
दुई छिमेकी मुलुकसँग समान सम्वन्ध राखेर ओली नेतृत्वको सरकारले शासन गर्ने पनि उनले बताए । ओली नेतृत्वको सरकारले चीन र भारतसँग समान हैसियतमा राखेर कुटनीतिक सम्वन्धको विस्तार गर्ने उनको भनाई थियो ।
नेता लोहियाले वाम एकतामा आशंका नर्गन पनि आग्रह गरे । अब बन्ने वाम सरकार सानो आकारको हुने पनि लोहियाको भनाई थियो । वाम एकताको प्रकृयाले अन्तिम रुप पाईसकेको समेत उनले दाबी गरे ।
वाम एकताको प्राविधिक काम मात्र बाँकी रहेको उनले जिकिर गरे । वाम एकताको यो विशाल प्रकृयामा नयाँ शक्ति समेत समावेश हुने लोहियाको विश्वास थियो । हामीले बाबुराम जीलाई सकारात्मक पाएका छौ, उनले भने ।










