नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकतापछि आफू पनि अध्यक्ष बन्न सक्ने बताएका छन् । नेता खनालले भने,‘हाम्रो पार्टीमा अहिले पदीय व्यवस्थापनबारे कुरा भएको छैन, तर हामी सहमतिमा सबै कुरा टुँगो लगाउँछौं।’

उनले आफूहरु पार्टी एकताको अन्तिम प्रक्रियामा रहेको बताउँदै भने,‘कहिले एकता हुन्छ भनेर म मिति तोक्दिन्, तर सरकार निर्माण अघि नै पार्टी एकता हुन्छ, हामी एकतापछि पनि जबज अनुसार नै अघि बढ्छौं, जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शन हो, यसबाट विचलित हुँदैनौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकतापछि तपाई के बन्ने ?  उनले भने,‘म राष्ट्रपति बने भने तपाईको मुखमा दुध र भात, म राष्ट्रपति बन्छु, यो चाहना मैले यसअघि नै प्रकट गरिसकेको छु, म पनि काविल मान्छे हुँ नि, अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिमध्ये जे पनि बन्छु । नेताहरुको पद व्यवस्थापन हामी मिलाउँछौं । वाम गठबन्धनको नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्री म पनि बन्न सक्छु।’

उनले पार्टी एकता अब कसैले चाहेर पनि रोक्न नसक्ने स्पष्ट पारे । त्यस्तै उनले पृथ्वी नारायण शाह राष्ट्रनायक भएकोले उनको भूमिका र योगदानलाई सबैले कदर गर्नुपर्नेमा जोड दिए । रिर्पोटसनेपाल