नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताएका छन् ।

पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि उनले आज काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचनपछिको अवस्थाका बारेमा समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक कहिले बस्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता शर्माले भने, “पार्टी तत्काल राष्ट्रिय राजनीतिका महत्वपूर्ण कार्यमा व्यस्त छ, तर यही अवधिमा पार्टी सभापतिज्यूले बैठक बोलाउनुहुन्छ ।”

उनले केन्द्रीय समिति बैठकमा पार्टीले निर्वाचन सम्पन्न गरी ऐतिहासिक जिम्मेवारी पुरा गरेको र पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको सम्बन्धमा समीक्षा गर्नुपर्ने बताए ।

आफू पनि सञ्चार क्षेत्रको पृष्ठभूमिबाटै आएको बताउँदै नेता शर्माले आगामी दिनमा प्रवक्ताको नाताले सञ्चारकर्मीसँग पार्टीका सूचनाको सहजता र नजिक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस