सुरुङ्गा, झापा- एकैदिन लागुऔषध (ब्राउनसुगर र खैरो हिरोइन)सहित सातजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ निवासी २९ वर्षीय अर्जुन श्रेष्ठ र सोही नगरपालिका–१० का १८ वर्षीय मनिष खड्का, बिर्तामोड नगरपालिका–६ निवासी २४ वर्षीय अनिष भण्डारी, पाँचथरको फिदिम नगरपालिका–१ घर भई हाल बिर्तामोड–५ बस्दै आएका २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड नगरपालिका–६ का ३० वर्षीय रामेश्वर चौधरी, सोही नगरपालिका–३ निवासी ४८ वर्षीय प्रेम खड्का र मेची नगरपालिका–२ का २९ वर्षीय अर्जुन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुलाई पूर्वी नाका काँकडभिट्टास्थित मेची नगरपालिका–६ र १० बाट पक्राउ गरिएका उनीहरुको साथबाट ब्राउनसुगर, खैरो हिरोइनसहित डाइजापाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। पक्राउ परेका सातैजनामाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। रासस