हरेक वर्ष सड़क दुर्घटनामा लगभग ६ हज़ारले ज़्याँन गुमाऊने गर्दछन, भने लगभग १२ हज़ार जती अपांग र घाइते हुने गर्दछन । झन् धुवाँ र धुलोले गर्दा त्यों भंदा धेरै ले ज़्याँन  गुमाई रहेका छन ।  कयौ मांछे दीर्घ रोगी भएर उपचारमा घर खेत सक्न बाध्य छन । अर्कों तीर घण्टौको ट्राफिक जामले गर्दा समयको बर्बादी त भईनै रहेको छ, त्यों भंदा ठूलो घाटा जामले गर्दा पेट्रोल डिजेल फोकटमा नास हुनाले भाड़ा दर एकदमै महँगो पर्न गएको छ । उदाहरणका लागी अहिले बौध बाट कलंकि जानु पर्यी भने लगभग २ घण्टा जती लाग्छ, तर फ़्लाईवोबर वा डबल लेनको हाईवे अथवा एक्सप्रेस हाईवे हुने हो भने यो श्रिफ १५ मिनेटको बाटो हो । यस्तो संबेदन सिल कुरामा सम्बंधित निकाए र सरकार कानमा तेल हालेर बसेका छन ।

    एदी सरकारी निकाएले चाहने हो भने ९५’/, सम्म दुर्घटना कम गर्न सकींछ, अर्थात अहिले वर्षमा ६ हज़ार सड़क दुर्घटनामा मरी रहेका छन भने त्यसलाइ बर्षको ५० सम्ममा झार्न सकींछ । तर नीति निर्मातालाई सर्ब साधारण मरेर क़ेहि फरक नपर्ने रहेछ, अरबौको कमाई कमिसन र मोजमस्ती पूर्ण जीवन छाडेर सर्ब साधारणका लागी कसले पो सोचोस ? भ्रस्टचारीहरूलाइ एत्ती पन ज्ञान र बीबेक छैंन ? राजधानीको धुवाँ धुलो तिनले र तीनका संतान अनि आफ़ंतले पनी खानु पर्नेछ । दुर्घटनामा तीनका संतान र आफ़ंतको पनी ज़्याँन जान सक्छ । किनकी तीनलाई पनी यही समाजमा बस्नु पर्छ । अनि यही हावा खानु पर्छ, यही बाटो हिड़नु पर्छ । त्यसैले भस्टचार गर्नेहरूले अरुक़ो मात्र होईन स्वयं आफ्नो र आफ़ंतको समेत जीवन माथी खेलवाड गरी रहेका छन । एदी प्रदुसरण बाट आफुलाइ बचाऊने हो भने अब भ्रष्टचारीहरूले सगरमाथा चडदा जस्तो अकसीजनको सिलिंडर बोकेर हिडे हुंछ ।  त्यस कारण अज्ञानता र मानबिय संबेंसिलता नभएकाहरूले गर्दा नै नेपाल बीग्रिएको हो । जती बाटो बनाउनु छ की त राम्रो बनाऊ, नत्र भने बनाउदै नबनाउ । दुर्घटना भएर मांछे मरेको समाचार कती सुन्ने ? सरकारको काम दुर्घटनामा मरेको लास निक़ाल्ने हो की दुर्घटना रोकथाम तीर लाग्ने हो ?  अकालमा मान्छे मरेको सुन्दा अलि कति दु:ख पनि लाग्दैन ? मृतकको आत्माको चिर सान्तिका लागि  हार्दिक स्रंदांजलि व्यक्त गर्दछु भने पछि पुग्यो ? हुन् त् आफ्नो घरको मान्छे मर्दा पो आसु आउछ, अर्काको घरमा मान्छे मर्दा आँसु आउदैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
लेखक: मिन बहादुर पण्डित

        अरबौका सड़क योजनामा दुई चार वोटा स्क़ाभेटर र डोजर लगाउने अनि क़ेहि मज़दूर लगाउने अनि कम भंदा कम ख़र्च गरेर अरबौ नाफा कमाउने र आफुलाइ सफल र ठुलै बुद्धिमानी सम्झिनेहरू वास्तवमा यो समाजका धमिराहरू हुन । नेपालमा जती भ्रष्टचार गरे पनी कुनै कड़ा कारबाही हुदैन । दुई चार दिन मीडियामा हेडलाइन बनेर आउछ, अनि नया समाचार आएपछी पुराना कुरा सबैले बिर्सिंछन ।अनि भित्र भित्रै सेट्टिंग मिलाएर केस रफ़ा दफ़ा गरींछन । झन प्रक्रिया मिलाएर वा काग़ज़ मिलाएर खानेलाइ त कसैले औला उठाऊँन सक्दैंन । त्यस माथी पनी राजनीतिक पौच हुनेहरूलाइ त झन कसले छूने ? नेपलमा सड़क दुर्घटना हुनुको प्रमुख कारण कमज़ोर भौतिक संरचना र फ़ीतलो अनुगमन वा प्रशासनिक हेल चक़्राइ नै हो । बीदेस तीर ५० वर्ष पछीलाई सोचेर एक्स्प्रेस हाईवे बनाइंछ, तर नेपलमा नबनाइ नहुने बाध्यता भए पछी मात्र तत्काललाई काम चल्ने गरी बाटो बनाइइंछ । अनि आजलाइ काम चलाउन बनाएको बाटोले भोलिलाई धान्दैन । त्यों पनी जाने बुझेर ढीला गर्ने र मिलेमतोमा बजेट थपेर बिभिन्न बाहना देखाएर खाने प्रवृति झन झन मौलाउदो छ । राजधानीका क़ेहि राम्रा बाटो पनी विदेशी सहयोग वा बीदेसीले नै बनाइ दिएका हुन । तर त्यत्ति बाटो मात्र प्रप्याप्त छैनन । हुन् त् भएका सरकारी उद्योग समेत कमिसनका लागि निजीकरण गर्नेले के नया बाटाहरु बनाउथे ?

  साएद भ्रस्टचारीहरुलाई चीनले रिङ्गरोड बढाएर ठुलो गल्ति गर्यो, उद्योग कलकारखाना आदि बनाइ दिएको भए बेच्न मिल्थ्यो, तर रिङ्गरोड त् बेच्न नि मिलेन ,क्या झुर भो ।

     जाबो ठेक्का लगाएर बाटो बनाऊन नसक्नेहरू चुनाव जीत्न मेट्रो र मोनो रेलको कुरा गर्छन, अनि चुनाब जीते पछी आफनै औक़ातमा फर्कीछंन । देसमा क़ेहि बजेट त अवश्य बंछ,  बैदेसीक सहयोग पनी राम्रै आउछ । त्यसैले ज़िम्मेबार निकायमा बस्नेहरूलाई अनुरोध छ, राम्रो र आधुनिक सड़क योजना बनाइ देउ, त्यसमा न तीम्रो खल्तिको पैषा जांछ, न तीमीले नै बाटो खन्न नै जानू पर्छ । जनताले तिरेको कर बाट सरकारी तलब भत्ता खाए पछी अनुगमन गर्न त सकींछ होला नी ? हो ईमानदार भएर त्यत्ति गरिदिय पुग्छ । आजको २१सौ सताब्दीमा ३ महीना पनी नटिक्ने बाटो बनाएर हुंछ ? खै यातायात क्षेत्रमा प्रब्रिदीको प्रयोग ? खै यातायात क्षेत्रको आधुनिकरण ?

        देशको बिकासका लागि पर्यटन क्षेत्रको बिकास हुनु पर्दछ, तर सुरक्षित बाटो बिना ज्यान माया मारेर  को नेपाल घुम्न आउछ ? नेपालमा बारम्बार भइ रहने सडक दुर्घटनाले  बिश्व भरि नेपालको यात्रा सुरक्षित छैन भन्ने संदेश गइ रहेको छ ।  यस्तो स्थितिमा आफ्ना सन्तान, साथि भाइ  र आग्फंतलाइ नेपाल घुम्न जान  कशैले पनि अनुमति र सल्लाह दिदैनन । त्यशैले  समृदीको आधार र बिकासको मेरुदण्ड सड़क नै हो । तर  हाम्रो बाटाहरुमा ज़्यान हत्क़ेलामा राखेर हिड़नु पर्ने बाध्यत छ ।