दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले लायन्स क्लवका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सव मोरगको उर्लाबारी स्थित नमूना बाल गृहमा मनाएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरेर त्यहाँ रहेका बालबालिकाहरुलाइ भोजन सहित केक काटेर मेल्भिन्सको जन्मोत्सव मनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लवका अध्यक्ष रुद्र गौतमका अनुसार यहाँ रहेका ४५ जना बालबालिकाहरुलाइ बिहान बेलुका खाना र नास्ता सहितको ब्यवस्थापन गरिएको हो ।

क्लवका पदाधिकारी तथा सदस्यहरुले बालबालिकाहरुलाइ मिठोमसिनो ख्वाएको गौतमले बताए । सोहि अवसरमा बालगृहमा नै केक काटेर जन्मोत्सव समेत मनाईएको उनको भनाइ छ ।

क्लवका तृतिय उपाध्यक्ष मनोज अग्रवालका अनुसार बाल गृहमा मनाईएको जन्मोत्सवमा क्लवका सचिव एवं एरिया कोअर्डिनेटर बबरजंग थापा,डा. सूर्यनारायण शाह, बुद्धिशेखर भट्राइ लगायतको सहभागिता रहेको थियो ।

एरिया कोअर्डिनेटर अजय अग्रवाल, बाल गृहकी अध्यक्ष मीना बराल लगायतले बोलेका थिए । सोहि अवसरमा अम्बिका बिमली र अन्जु लम्साललाइ नयाँ सदस्यता प्रदान गरिएको जनाकारी गराइएको अग्रवालले बताए ।

अध्यक्ष गौतम र बाल गृहका बालबालिकाहरुले केक काटेका थिए । क्लवले आउदा दिनहरुमा वालगृहका वालवालिकाहरुलाइ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको बताईएको छ ।