इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ ।

प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी इटहरी–४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैचा–३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका–६ का २९ वर्षीय तीर्थ पराजुलीलाई सोही स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी हिरासतमा राखिएको प्रहरीले बताएको छ ।