काठमाडौँ, २९ पुस ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक एवं नवनिर्वाचित सांसद नवराज सिलवाल नेपालमै रहेको खुलासा भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवालले प्रहरीलाई छक्याएको पुष्टि भएपछि उनको तीव्र खोजिरहेको नेपाल प्रहरीको हेडक्वार्टर स्रोतले दैनिक नेपाललाई बतायो । सिलवालले मलेसिया गएको भने पनि उनी नेपालमै रहेको खुलासा भएको हो । सिलवालले पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको दाबी गरे पनि नेपालमै रहेर उनले छक्याएको निष्कर्ष प्रहरीले निकालेको छ । सिलवालले जुन एयरलाइन्सबाट गएको बताएका थिए, त्यो एयरलाइन्सको त्यस दिने उडान नभएको र जुन ठाउँमा कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको प्रहरीको हेडक्वार्टर स्रोतले जनायो ।

स्रोतका अनुसार, प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘जहाँ भेट्यो, त्यहीँ पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउन’ निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधान मन्त्री छँदै सिलवाललाई थुन्न तारन्तार आदेश दिएका छन्। प्रधानमन्त्री देउवाको निर्देशनमा प्रहरीले जसरी पनि थुन्ने र दुःख दिने नियत राखेपछि सिलवाल एकाएक भूमिगत भएका हुन् ।

सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन फाइल कीर्ते भेटिएको भन्दै प्रहरीले अनुसन्धानका लागि सिलवालको खोजी गरिरहेको छ । सिलवालले आफूले अनलाइनमा भेटेको प्रतिलिपी अदालतमा बुझाएको बताएका छन् । सोही अभियोगमा प्रहरीले तीन वटा अनलाइन सम्पादकलाई समेत पक्राउ पुर्जी जारी गरेको छ । दैनिक नेपाल बाट