संखुवासभामा आइतबार भएको जिप दुर्घटनाका गाउँपालिकाका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो सदरमुकाम खाँदबारीबाट भोटखोलातर्फ गइरहेको जिप मकालु गाउँपालिका–३ सामाटारमा दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष खड्क कटुवालसहित पाँच जनाको मृत्यु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा पाँच जनाको मृत्यु भए पनि अहिलेसम्म दुई जनाको मात्र सनाखत भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्। दुर्घटनामा मृत्यु हुनेमा अध्यक्ष कटुवाल र सुरेश राइृको शनाखत भएको र बाँकी तीन जनाको शनाखत हुन बाँकी रहेको उनले बताए।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

माघे संक्रान्तीको अवसरमा वरुण मेला जाने क्रममा जिप दुर्घटना भएको र जिपमा १३ यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।