दमक/झापाको दमक नगरपालिकाको खेलकुद समितिलाइ सक्रिय बनाईने भएको छ । यसै अन्र्तगत नगर खेलकुद उप समितिलाइ पूर्णता दिईएको बताईएको छ ।
केन्द्र प्रसाइको अध्यक्षमा खेलकुद उप समिति बनाईएको छ । सदस्यहरुमा भिमराज केसी, चन्द्र खत्री, गुमान सिंह तामाङ, शैलेन्द्र श्रेष्ठ, प्रेम पाण्डे, दिपक धिमाल, देउमान लिम्बु, मोहन मगर, भुपेन्द्र निरौला, मुना सिग्देल, ईन्दु न्यौपाने, बिनोद भण्डारी र केशरकुमार मगर रहेका छन् ।
समितिमा दमकमा कृयाशिल रहेका खेलकुदसंग सम्बन्धित क्लव तथा समुहहरुको सहभागिता रहेको छ । खेलकुद समितिका संयोजक प्रसाइले नगर प्रमुख रोमनाथ ओलीले सपथ ख्वाएका थिए भने सदस्यहरुलाइ प्रसाइले सपथ गराएका थिए । प्रमुख ओली र उपप्रमुख गिता अधिकारीले समितिका सबैलाइ कार्य सफलताको शुभकामना दिएकी थिइन् ।










