दमक/नेपाली कांग्रेसका नेता एवं सामाजिक अभियान्ता शेरबहादुर भट्टराइ र दमक सहकारीका अध्यक्ष धन वाहादुर भट्टराईलाइ मातृ शोक परेको छ ।

दमक ५ मा रहदै आउनु भएकी आमा सावित्रादेबी भट्टराइको ९७ वर्षको उमेरमा आइतवार अपरान्ह ३ बजेर १५ मिनेटमा स्र्वगारोहण भएको जनाइएको  छ । सोमबार बिहान ८ बजे कन्काइमा दाह संस्कार गरिने भट्टराइको पारिवारीक श्रोतले जानकारी दिएको छ ।