माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुने दाबी गरेका छन् ।
उदयपुरको कटारीमा आइतबार भएको कार्यक्रममा नेता श्रेष्ठले एमाले अध्यक्ष केपी ओली उपचारका सिलसिलामा मुलुकबाहिर भए पनि एकताका लागि आन्तरिक प्रक्रिया अघि बढिरहेको जानकारी दिए । श्रेष्ठले नयाँ सरकार गठनअघि नै दुई पार्टीबीच एकता हुनेमा विश्वस्त हुन आग्रह गरे ।
एमाले अध्यक्ष ओली बैंककबाट फर्केलगत्तै उच्च नेतृत्वको बैठक बसी पार्टी एकताको आधारभूत खाका घोषणा गर्ने उनको भनाइ छ ।










