सहबान अन्सारी / नवलपरासीको त्रिबेणीमा माघे औशीको मेला आज देखी शुरु भएको छ! बिनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा करिब एक हप्ता सम्म चल्ने मेलामा बिशेष गरी माघे औशीको दिन त्रिबेणी धाम स्थित नारायणी नदिमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त गर्ने बिश्वास गरिएको छ!
एेतिहासिक एव पर्यटकिय क्षेत्र मानीने धाममा नारायणी, सोन भद्र र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औशीको मेला हरेक बर्ष लाग्ने गरेको छ! मेलामा नेपाल लगायत भारत बाट लाखौ श्रधालु भक्तजन हरु आउने गरेका छन!
मेला तथा श्रधालु भक्तजनहरुलाई सरल र सुलभ बनाउनका लागी मेलामा करिब तिन सय पचाँस सुरक्षा कर्मी परिचालन गरिएको छ ! साथै १४ वटा उप समिति ७५ जना स्वयम् सेवक, ४ ठाउँमा स्वास्थ्य शिविर, ११ वटा सार्वजनिक शौचालय,एक एेम्बुलेन्स, सशस्त्र प्रहरी बल बाट ९ सदस्यीय रेस्क्यु टिम, पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज सित सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी ब्वस्था गरिएको औशी मेला ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रितम गुरुङले बताए!
औशी मेलामा स्नान तथा अवलोकनका लागी करिब ५ लाख श्रधालु भक्तजनहरु आउने मेला ब्यस्थापन समितिले जनाएको छ !










