ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ ।

सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए । तर दुई नेताबिचमा कुरा बाझिदै जाँदा स्थिती तनाव बनेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा गर्ने क्रममा बडाललाई “कुरा नै नबुझि गाउँले पाराले तर्क दिएको” भनेपछि बडाल आक्रोषित बनेका थिए ।

बडालले शब्दफिर्ता लिएर माफी माग्न लगाएका थिए । तर मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी माागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँला झैँ गरे ।

यही विषयले कार्यक्रम अवधिभर तनाव सुजना भयो । अर्को अतिथि राजेन्द्र श्रेष्ठ रमिता हेरेर बसिरहे ।