काठमाडौैं/बल्खुस्थित मन्दिरमा लगेर एक महिलाको हत्या गरिएको छ। नुवाकोट घर भएकी अप्सरा तामाङको आइतबार दिउँसो हत्या भएको हो।

बल्खुको भुवनेश्वरी मन्दिर परिसरमा उनको ढुङ्गाले हानेर हत्या भएको हो। करिब ४० वर्षीया तामाङ ज्यामी काम गर्दै आएको खुलेको छ। उनी श्रीमान्‌सँग छुट्टिएर बस्दै आएकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टाउकोमा ढुङ्गाले हानेर हत्या गरिएको अवस्थामा उनको शव भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए।

महानगरीय अपराध महाशाखाले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमै उनको मोबाइल फेला परेकाले सोही मोबाइलका आधारमा प्रहरीले अनुसन्धान गरी केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो।

एक व्यक्तिले कुरा गर्न भनेर मन्दिरमा पुर्‍याएको र हत्या गरेको अनुसन्धानमा देखिएको छ। चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।