संखुवासभा / जीप दुर्घटनासंगै गाउँपालिका अध्यक्षको सपना अरुणको बगरमा समाप्त भएको छ । समृद्ध गाउँपालिका निर्माण गर्ने अध्यक्ष खड्गबहादुर कटुवालको सपना बगरमा परिणत भएको हो । मकालु गाउँपालिकालाई जिल्लाकै नमुना स्थानिय तह निर्माण गर्ने लक्ष्य लिएर गत असार १४ गतेको स्थानिय तहको निर्वाचनमा होमिएका कटुवाल नेकपा एमालेबाट विजयी भएका थिए । उनले स्वतन्त्र उम्मेदवारी रहेका तेम्बा टाँसी शेर्पालाई ४ सय ८७ मत अन्तरले पराजित गरेका थिए । जितका लागि कटुवालले १७ सय १२ मत प्राप्त गरेका थिए भने शेर्पाले १२ सय २५ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका राइबहादुर राईले ९ सय ५५ कत प्राप्त गरेका थिए ।
उनले राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका कोशी राजमार्ग, बहुचर्चित अरुण तेसा्रे र गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकिय स्थलहरुको संरक्षण र प्रबर्दन गर्ने लक्ष्य चुनावी एजेण्डामा नै सिमित भएको छ । मकालु गाउँपालिका ३ मा निर्माणधिन अरुण तेस्रो र मकालु गाउपालिकामा पर्ने जोगवनी–किमाथांका सडकको नुम–सक्सिला सडक खण्ड पुरा गर्ने सपना कटुवालको जीवन समाप्ति संगै टुंगिएको हो ।
यसअघि किमाथांका सडक निर्माणको ट्रयाक ओपन गर्ने क्रममा नुम–स्याक्सिला सडक खण्डमा आएका विवाद समाधानमा महत्वपूण भूमिका निर्वाह गरेका थिए । आफ्नर् नेतृत्वमा ट्रयाक ओपन भएको सामाटारमा उनको कच्ची सडकका कारण उनको सपना चकनाचुर भएको हो । ५० वर्षका कटुवालले २०३५ सालबाट राजनितिक यात्रा सुरु गरेका थिए । कटुवालको मृत्युले मकालु गाउँपालिका शोकमग्न भएको छ । मकालुमा ६ वटा वडाहरु छन् ।










