नेपाल प्रहरीको जाँगिर छाडेर बेश्यावृति चलाएको भन्दै राजधानीको कालिमाटीबाट एकजना पक्राउ परेका छन । बाहिर रेष्टुरेण्ट भएपनि भित्र वेश्यावृतिमा संलग्न भएको आरोपमा सोमबार एक पूर्वप्रहरी दुई युवतीसहित पक्राउ परेका हुन ।
कालिमाटी नजिकै रहेको भ्यू प्वाइन्ट नामक रेष्टुरेन्टको आवरणमा वेश्यालय चलाउँदै आएको सुचनाको आधारमा पूर्वप्रहरी भिमबहादुर बिश्वकर्मा पक्राउ परेका हुन ।
इन्जिनियरीड कलेजको गेटमा रहेको रेष्टुरेण्टमा कलेजकै बिद्यार्थीलाई समेत बेश्वावृतिमा संलग्न गराएको आरोपमा बिश्वकर्मासहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको प्रहरीले जानकारी दिएको छ । टिभिअन्नपूर्ण










