नियमित स्वास्थ्य परिक्षणका लागि बैंककमा रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको बसाइ लम्बिएको छ । मृगौला प्रत्यारोपनपछि नियमित परीक्षण गराउँदै आउनु भएका चिकित्सकले ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो बताए पनि दौडधुपलाई अलिक कम गर्न सुझाएपछि ओली केही दिन बैंककमै रहनलाग्नुभएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार ओली आगामी माघ ४ गते बिहीबार दिउँसो पौने १ बजे थाइ एअरको बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ । ओली पुस २६ गते स्वास्थ्य परिक्षणका लागि बैंकक जानुभएको थियो ।
उहाँको स्वास्थ्यको सबै परिक्षण सकिएको र उहाँ पूर्ण स्वास्थ्य रहनु भएको जानकारी चिकित्सकलेदिइसकेका छन।










