काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्या सार्वजनिक भएसँगै माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । अनिवार्य रुपमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भएका कारण समानुपातिकमा पुरुषलाई स्थान छैन ।
माओवादीले प्रत्यक्षबाट ३६ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउनेछ । यस्तोमा १८ महिला हुनु आवश्यक छ । तर, प्रत्यक्षमा ३ महिलामात्र निर्वाचित भएका छन् । अब १८ पुर्याउन समानुपातिकबाट १५ महिला छान्नुपर्ने हुन्छ । यस्तोमा समानुपातिकमा रहेका पुरुष ‘हेभिवेट’ नेता यतिबेला संसद बाट बन्चित हुने भएका छन् ।
माओवादीको समानुपातिक सूचीमा धेरैको नाम भए पनि यसपटक निर्वाचन आयोगको नियमावलीअनुसार रोलक्रमका आधारमा समानुपातिक उम्मेदवार चुनिनेछन् । यसो भएमा दुई पुरुषमा माओवादी नेता हितराज पाण्डे र मणी थापा रोलक्रममा सबैभन्दा अगाडि छन् । दुई सिटमा उनीहरु नै सांसद बनेर जाने पक्कापक्की भएको माओवादी स्रोत बताउँछ ।
समानुपातिकबाट दुई पुरुष मात्र सांसद बन्ने भएपछि सबैभन्दा धेरै पीडा पार्टी एकीकरणमार्फत माओवादीमा मिसिएर समानुपातिक सूचीमा रहेका दुई नेतालाई परेको छ । जनजागरण पार्टीका लोकमणी ढकाल र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह चुनाव अघि माओवादीसँग एकता गरेर समानुपातिक सूचीमा रहेका थिए । यी दुवै एकअघि आ–आफ्नो पार्टीबाट सांसद थिए । तर, अब रोलक्रमका आधारमा पुरुषतर्फ तेस्रो र चौथो नम्बरमा रहेका उनीहरुलाई सांसद बन्न मुस्किल छ ।
समानुपातिक सूचीको रोलक्रममा पुरुषतर्फ पाचौँ, छैठौँ र सातौँ नम्बरमा रहेका नारायण दाहाल, कुमार पौडेल र चुडामणी खड्का समेत संसद् बन्न नपाउने पक्का छ । त्यस्तै समानुपातिकमा रहेर चर्चा कमाएका माओवादी नेता ल्ह्यारक्यार लामाको सांसद पदसमेत धरापमा परेको छ । छलफल बाट










