दमक/ झापाको दमकलाइ आधार बनाएर ग्रामीण तथा शहरी बिकास नेपालले झापाको ग्रामिण क्षेत्रका सिमान्तकृत महिलाहरुलाइ राजनीतिमा लाग्न प्रेरीत गर्नका साथै आत्म निर्भर बनाउनका लागि सञ्चालन भइरहेको परियोजना सफल बन्दै गएको बताएको छ । आज झापाको दमकमा पत्रकार सम्मेलन गरेर आफ्ना गतिविधि तथा उपलब्धिहरु सार्वजनिक गर्दै यस्तो बताएको हो ।

संस्थाकी अध्यक्ष बसन्तलक्ष्मि उदासले आफूहरुले परियोजना सञ्चालन गरेपश्चात स्थानीय तहमा सिमान्तकृत महिलाहरुको उल्लेख्य सहभागिता रहेको जनाइन् । दमकमा कार्यालय रहेको संस्थाले गौरादह नगरपालिकामा परियोजना सञ्चालन हुँदै आएको छ । नीति निर्माण तहसम्म सिमान्तकृत महिलाहरुलाइ पुर्याउने आफूहरुको उदेश्य रहेको उनले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संस्थाका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ र परियोजना जिल्ला संयोजक पुण्य संग्रौला लगायतले गतिबिधिको बारेमा जानकारी गराएका थिए । झापामा साविक महारानीझोडा, जुरोपानी, कोहवरा, खजुरगाछी र गौरीगन्जमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । परियोजनाको मुख्य उदेश्य सिमान्तकृत समुदायकका महिलाहरुको स्थानीय सुशासन, निर्णायक तह, चुनाव र राजनीतिक दलहरुमा अर्थपूर्ण सहभागितामा अभिबृद्धि गर्नु रहेको उदासले जनाइन् ।