सहबान अन्सारी नवलपरासीको त्रिबेणीमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ! त्रिबेणी धाममा लागेको माघे औशीको मेला बाट फर्कने क्रममा यु.पी. ५३ बी.क्यु.०४३० नम्बर भएको भारतिय ट्याक्टर बिनयी त्रिबेणी गाऊपालिका वडा नं ७ स्थित ठट्ठे खोलामा अनियन्त्रित भई पल्टिदाँ जिल्ला गोरखपुर कैपियरगंज बस्ने अन्दाजी ५० वर्षिय ट्याक्टर चालक साधु केवटको घटना स्थलमै मृत्यु भएको हो !

दुर्घटनामा परि अन्य १५ जना घाईते भएका छन घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उपचारको लागी सहिद स्मृति समुदायीक अस्पताल चौपता पठाईएको छ ! थप ९ जना समान्य घाईतेहरुलाई प्राथमिक उपचार केन्द्र त्रिबेणीमा ऊपचार भईरहेको ईलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ !