नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक आज बस्दै छ । बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँने बताइएको छ ।
राष्ट्रियसभाका ५६ सिटमा ७०–३० प्रतिशतको अनुपातमा बाँडफाँड हुने भएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो ।
वामपन्थी गठबन्धनले ५६ मध्ये बढीमा ४१ सिट जित्ने सम्भावना छ । उम्मेदवारी भने सबै पदमा दिनेछन् । जसको जुन प्रदेशमा जति मत छ त्यहि आधारमा सिट बाँडफाँट गरिने बताईएको छ । प्रदेश १ र ३ मा एमालेको बहुमत छ भने २ नम्बर बाहेक अन्य प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।
राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँड गर्ने तयारी भइरहेको बताईएको छ ।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् तथा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’र मात्रिका यादव छन् । छलफल बाट










