काठमाडौं- सरकारले सात वटै प्रदेशका लागि अस्थायी राजधानी तोकेको छ।

लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि तत्कालका लागि अस्थायी राजधानी तोकिएको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए।

अहिले तोकिएको राजधानी उचित नलागेमा प्रदेशसभाले उल्टाउन सक्नेछ।

कुन प्रदेशको राजधानी कहाँ?

प्रदेश १ को विराटनगर

प्रदेश २ को जनकपुर

प्रदेश ३ को हेटौंडा

प्रदेश ४ को पोखरा

प्रदेश ५ को रुपन्देही

प्रदेश ६ को सुर्खेत

प्रदेश ७ को धनगढी