काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीले ४३ जना उम्मेदवार उठाउने भएका छन् । बुधबार बसेको दुई दलको संयुक्त कार्यदलको बैठकमा एमालेबाट २९ जना र नेकपा माओवादीबाट १४ जना उम्मेद्वार उठाउने सहमति भएको छ ।

राष्ट्रियसभामा ५६ सदस्यका लागि चुनाव हुन लागेको भए पनि एकल संक्रमणीय पद्दतिमा चुनाव हुँदा आफूहरुले ४३ सिट जित्ने भएकाले जित्ने जति मात्र उम्मेदवार उठाउन लागेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेको पार्टी समन्वय समितिमा पेश गरिने छ । महिला, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र सबैको प्रतिनिधित्व हुने गरेर हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभा सदस्य चुनिने छन् ।