वीरगन्ज। प्रदेशिक राजधानीको माग गर्दै आन्दोलनमा उत्रीएकाहरुले वीरगन्जको घण्टाघर चोकमा सरकारी गाडिमा  तोडफोड गरेका छन् । २ नं. प्रदेशको अस्थायी राजधानी जनकपुर तोकिएको सरकारी निर्णयको विरोध गर्दै घण्टाघरमा प्रर्दशन गर्ने क्रममा आन्दोलनकारीहरुले ना १ झ २६३ नम्बरको सरकारी गाडिलाई बुधबार बेलुका तोडफोड गरेका हुन ।

 वीरगन्जलाई प्रदेशिक राजधानी बनाउन  माग गर्दै विगत दुई साता देखि आन्दोलनमा उत्रीएका आन्दोलकारीहरुले सरकारले अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोध गर्दै घण्टाघर चोकमा टायर वालि प्रदर्शन गर्ने क्रममा जिल्ला सिचाई कार्यालयको वाहनलाई आन्दोलनकारीले तोडफोड गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कुमार कर्णले जानकारी दिए । उनले राजधानीको माग गर्दै आन्दोलनकारीहरुले अहिले वीरगन्जको घण्टाघर चोकमा टायरवालि प्रदर्शन गर्नुको  सडक अवरुद्ध गरेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

 नेपाल सरकारले वीरगन्जलाई प्रदेशकि राजधानी नतोकेको विरोधमा वीरगन्ज राजधानी संर्घष समिति पर्साले भोली माघ ४ गते बिहिबार  एक दिनकालागि वीरगन्ज बन्द आह्वान गरेको संर्घष समितिका संयोजक सुरेन्द्र चौधरीले जानकारी दिए । उनले अतिआवश्यक वाहन र सेवा वाहके सबैलाई संचालनमा रोक लगाइएको जानकारी दिएका छन् ।